एसिया कप क्रिकेट: बङ्गलादेशसँग नेपाल पराजित
काठमाडाैं | पुस ५, २०८१
काठमाडौं: एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ ।
मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ ।
आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन । साथै सुमैया अख्तरले १० रन जोडिन । नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बङ्गलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक÷एक विकेट लिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

